३१ बैशाख २०७४, आईतवार

काठमाडौं । निर्वाचन आयोगले मतदानका लागि विहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकेको थियो । सोही अनुरुप पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतदान समयावधि आइतवार साँझ ५ बजे समाप्त भईसकेको छ ।

तर मतदान केन्द्रमा पुगेर लाइनमा बसिसकेकाहरुले भने आफ्नो मत दिन पाउने निर्वाचन आयोगले जानकारी गराएको छ । झडपका कारण स्थगित भएर पुनः मतदान सुचारु भएका मतदान केन्द्रमा भने मतदान जारी रहने जानकारी गराईएको छ । अधिकांश मतदान केन्दव्रमा मतदाताहरुको लाइन सकिएको छ भने केही स्थानमा पानीका कारण छुटेका मतदाता लाइनमा रहेका आयोगले जानकारी गराएको छ ।

LIVE TV