३१ बैशाख २०७४, आईतवार

काठमाण्डौ । स्थानीय तहको निर्वाचन भईरहेको ३४ जिल्लामा जारी मतदान अन्तर्गत अपरान्हसम्ममा ६५ प्रतिशतभन्दा धेरै मत खसेको छ ।

निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेसम्म करिब ६५ प्रतिशत मत खसेको छ भने मतदानमा अहिले पनि उत्साहजनक जनाइरहेका छन् ।

आयोगले अहिलेसम्म काठमाडौमा ७० प्रतिशतभन्दा बढी मत खसेको जनाएको छ । यस्तै रसुवा र स्याङ्जा र नवलपरासीमा ६५ प्रतिशत मत खसेको छ ।

अहिलेसम्म सबै स्थानमा शान्तिपूर्ण मतदान भइरहेको आयोगले बताएको छ । बेलुकी ५ बजेसम्म हुने मतदानमा अधिक मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने अपेक्षा आयोगको छ ।

LIVE TV