३१ बैशाख २०७४, आईतवार

डोल्पा । हिमाली जिल्ला डोल्पामा उत्साहजनक रूपमा मतदान भइरहेको छ । तर, दुई स्थानमा मतदानको विषयमा जानकारी प्राप्त हुन सकेको छैन । उपल्लो डोल्पाका तार्काताङसोङ गाउँपालिकाको घेराङ र कागकोट मतदान केन्द्र सम्पर्कविहीन छन् ।

मौसमी प्रतिकुलताका कारण सञ्चार सम्पर्क नभएका यी स्थानमा प्रहरीको सञ्चार सेटले समेत काम गरेको छैन । तर,समग्र जिल्लामा उत्साहजनक रूपमा मतदान भइरहेको छ । २० वर्षपछि स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न भइरहेको निर्वाचनमा मतदाताले उल्लासपूर्वक सहभागिता जनाइरहेका छन् ।

डोल्पामा जम्मा ५६ वटा मतदान केन्द्रमा मतदान भइरहेको छ भने जम्मा मतदाता १६ हजार सात सय ३ छ । डोल्पामा २ नगरपालिका र ६ वटा गाउँपालिका गरेर जम्मा ८ वटा स्थानीय तह छन् ।

LIVE TV