
काठमाडौं । साझा पार्टीका लागि काठमाडौं महानगरपालिकाका मेयर प्रत्यासी किशोर थापा परिवारसहित भोट खसाल्न मतदान केन्द्र पुगेका छन्। मतदानको लागि उनी आफ्नो नामावली भएको बल्खुस्थित टियु परीक्षा नियन्त्रण कार्यालय मतदान केन्द्र पुगेका हुन्।
उनले परिवारसहित मतदान गर्न जाँदै गरेको तस्विर ट्विटमा पोष्ट गरेका छन्। थापाले सबैलाई आफ्नो मताधिकार प्रयोग गर्न आग्रहसमेत गरेका छन्। ुआमा र सपरिवार सहित स्थानीय निकाय निर्वाचनमा भोट खसाल्न निर्वाचन केन्द्रतर्फ जादै। सबै महानुभावहरुलाई आफ्नो मताधिकार प्रयोग गर्नुहुन अनुरोधु, उनले भनेका छन्।