
बिहान सात बजेबाट सुरु भएको मतदान आज अपरान्ह ५ बजेसम्म चल्नेछ । नयाँ संविधानले गरेको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचन पहिलो पटक हुन लागेको हो । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिका–४ स्थित लक्ष्मी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् । सो केन्द्रबाट मतदान गर्ने उनी पहिलो मतदाता हुन् । उनी मतदान गर्न शनिबार चितवन पुगेका थिए।