३१ बैशाख २०७४, आईतवार

आज हुने पहिलो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहमा मतदान हुँदै छ ।मतदान हुन केही समय बाँकी रहँदा काठमाडौंको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । मतदाता मतदान गर्नका लागि आ-आफ्नो मतदान केन्द्रमा पुग्दै छन् ।

सुरक्षाकर्मीले मतदातालाई सुरक्षा दिनका लागि गस्ती गरेका छन् । सडक विल्कुल सुनसान देखिन्छ । सडकमा गाडि गुडेका छैनन् । विशेष पास भएका ब्यक्तिले मात्र सवारी चलाएका छन् । हेर्नुहोस् केही तस्विर हरु

 

 

 

 

 

LIVE TV