
कालीकोट । एक साताअघि बिग्रिएको मोबाइलको टावर मर्मत नहुँदा सञ्चार सुविधाबाट सेवाग्राही वञ्चित भएका छन् ।
जिल्लाका तीनवटा स्काई तथा नमस्ते मोबाइल नेटवर्कमा खराबी आएको छ । नरहरिनाथ गाउँपालिका– ८ मा रहेको स्काई टावर, रास्कोट नगरपालिका– ९ फुकोटस्थित नमस्ते टावर र पलाँता गाउँपालिका–७ धौलागोहस्थित स्काई र नमस्ते टावरमा खराबी आएपछि मोबाइल सेवा अवरुद्ध भएको हो ।
नेपाल टेलिकम शाखा कार्यालय, कालीकोटका प्राविधिक हेमराज सञ्ज्यालका अनुसार केही दिनभित्र माबाइल सेवा सञ्चालन हुने बताउनुभयो । सोलारका भरमा सञ्चालित जिल्लाका अधिकांश मोबाइल टावरमा पटक पटक समस्या आउने गरेका कारण नागरिक सञ्चार सेवाबाट वञ्चित हुँदैआएका छन् । रासस