३० बैशाख २०७४, शनिबार

काठमाडौं । काठमाठौंसहित जिल्लाभर आइतबार हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी सम्पन्न भएको छ । निर्वाचनका लागि आवश्यक कर्मचारी, सुरक्षाकर्मी, तथा मतपेटिका सबै केन्द्रहरुमा पुगेको र सबै केन्द्रमा परिचय पत्र वितरणदेखि वुथ निर्माण र अन्य सबै आवश्यक प्राबिधिक काम सम्पन्न भएको जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएका छन् ।

भक्तपुरका ७८ स्थानमा निर्वाचन स्थल तथा एक सय ९१ मतदान केन्द्रमा हुने निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
उता, चितवनको १ सय ६१ वटा मतदानस्थलका ३ सय ७६ केन्द्रमा सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्बाचन कार्यलय चितवनले जनाएको छ । चितवनका एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउंपालिकामा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएका उनले बताए ।
उता, बाग्लुङका दश स्थानीय तहका सबै मतदान स्थलहरुमा मतदाता परिचयपत्र वितरण, मतदान स्थलको व्यवस्थापन र सुरक्षा व्यवस्था मजबुद पारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले जनाएको छ ।
त्यस्तै, सल्यानमा मतदानका लागि मतदान स्थलको ब्यवस्थापन तथा मतदानको तयारी तीव्र पारिएको निर्वाचन कार्यालय सल्यानले जनाएको छ । ३ नगरपालिका र ७ गाउँपालिका रहेको जिल्लामा एक लाख २५ हजार २ सय ५२ जना मतदाता रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । लामो समयपछि हुन लागेको निर्वाचनमा जनप्रतिनिधित्व छान्न पाउने भएपछि मतदाता पनि उत्साहित भएका छन् ।
यस्तैगरी, रामेछापमा २ नगरपालिका र ६ गाँउपालिका रहेको रामेछापमा निर्वाचनको तयारी पूरा भएको जिल्ला निर्बाचन कार्यलय रामेछापले जनाएको छ । जिल्लामा भित्रिएको केही शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको प्रहरीले जनाएको छ ।
यस्तै, मकवानपुरमा पनि निर्वाचनको तयारी पूरा भएको छ । मतदान केन्द्रमा मतदान सामग्री पु¥याईसकेको र मतदानका लागि आवश्यक पुर्वधार पुरा भएको मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले बताए ।
मकवानपुरमा एक उपमहानगरपालिका, एक नगरपालिका र ८ गाउँपालिकामा छन् ।

 

LIVE TV