
काठमाडौं । बीस बर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचनको लागि सरकारले सवै सुरक्षा निकायहरुको परिचालन गरेर सुरक्षा व्यवस्था भरपर्दो बनाएको जनाएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निघिले सुरक्षाको सवै प्रवन्ध मिलाएको भन्दै सवै मतदाताहरुलाई निर्धक्क बनेर मतदानमा सहभागी हुन आग्रह गरे ।
पहिलो चरणको स्थानीय तहको निर्वाचनको लागि सरकारले मतदान केन्द्रहरु र मतदाताको सुरक्षाको नेपाली सेना, सशत्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान बिभाग र म्यादी प्रहरीको तीन घेरामा सुरक्षा प्रवन्ध मिलाएको छ ।
पहिलो चरणको निर्वाचनको लागि सरकारले नेपाल प्रहरीबाट २२ हजार ५ सय ७५, सशत्र प्रहरीको तर्फबाट १७ हजार ३ सय ५६ र राष्ट्रिय अनुसन्धानबाट ३ सय ८३ जना सुरक्षाकर्मीहरुलाई २४ सै घण्टा परिचालन गरिएको छ । सरकारले सुरक्षा घेरालाई ब्यवस्थित गर्न पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशत्र प्रहरी र बाहिरी घेरामा नेपाली सेनालाई परिचालन गरेको छ ।
त्यसै गरी सुरक्षा ब्यवस्थालाई अझ मजवुत बनाउन निर्वाचनमा कुनै पनि किसिमको अवरोधलाई नियन्त्रण गर्न नेपाली सेना र सशत्र प्रहरीबाट पैदल र हवाई गस्तीको तयारी गरिएको छ । गृहमन्त्री बिमलेन्द्र निधिले निर्वाचनको अधिल्लो दिन शनिवार गृह मन्त्रालयमा सवै सुरक्षा अगका प्रमुखहरुलाई राखेर निर्वाचनको लागि सम्पुर्ण ब्यवस्था भइसकेको जानकारी दिए ।
गृहमन्त्री निधिले इतिहासको महत्वपूर्ण घडीमा हुन लागेको निर्वाचनमा सवै मतदाताहरुले निर्धक्क बनेर मतदान गर्न अपिल गरे ।
गृहमन्त्री निधिले निर्वाचनमा बिथोल्ने र अवरोध गर्न सक्ने अवस्था प्रति सर्तकता अपनाइएको बताउदै कनै पनि खालको गलत प्रवृतिलाई नियन्त्रण गर्न सवै सुरक्षा निकायहरुलाई उच्च सर्तकतामा राखिएको बताए ।