३० बैशाख २०७४, शनिबार

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि राजधानीबाट बाहिरिने सर्वसाधारणको संख्या बढेपछि काठमाडौंको समग्र व्यापार घटेको छ । निर्वाचनका लागि शहर बजारमा विभिन्न पेसा र व्यवसाय गर्दै आएका मतदाता गाउँ फर्कन थालेका छन् ।

पेसा, व्यवसायकै कारण शहरमा आएका सर्वसाधारणका लागि आफ्नो मतदाता नामावलीमा नाम गाउँमा भएका कारण निर्वाचनमा भोट हाल्नका लागि गाउँ पुग्नैपर्ने अवस्था छ । जस्का कारण काठमाडौं उपत्यका सुनसान बन्दै गएको छ । यसले राजधानीको समग्र व्यापारमा केही प्रभाव पार्ने देखिएको छ ।

निर्वाचन कारण मतदाता गाउँ फर्किए काठमाण्डौका व्यापार व्यवसायमा विस्तारै मन्दी आउन थालिसकेको छ । करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचन आफैँमा एउटा उत्सव जस्तै भएका कारण काठमाडांै सुनसान बनेको हो ।
नयाँ परिवर्तित संरचनाअनुसार हुन लागेको यस निर्वाचनमा मतदान गर्न मतदाता उत्साहका साथ घर फर्कन थालेका छन् । मुलुकमा निर्वाचनको लहर बढेको छ । तर, काठमाडांैका व्यापारीहरु भने व्यापार घटेकोले चिन्तित बनेका छन् ।

चुनावकै लागि अधिकांश काठमाडौंबाट बाहिरिएपछि तुलनात्मक रुपमा काठमाडौको व्यापार घटेको बुझ्न यी व्यापारीहरुको अनुभव छ । अहिले केही घटेको देखिएपनि चुनावपछि उपत्यकाको व्यापार बढ्ने आशा व्यापारीहरुको छ ।

काठमाडौं धेरेका लागि सपनाको शहर हो पनि । यही सपना पूरा गर्न यहाँ देशका कुनाकाप्चादेखि नागरिकहरु काठमाडौंमा भेला हुने गर्छन । दशैं र तिहार जस्ता ठूला चाडपर्वमा सुनसान काठमाडौं देखेका काठमाडौंवासीले यसपटक निर्वाचनमा पनि काठमाडौंको चहलपहल चोरिएको देख्दा निर्वाचन पनि एउटा उत्सव नै हो भन्ने निष्कर्ष निकाल्न गाह«ो परेन पनि ।

 

LIVE TV