३० बैशाख २०७४, शनिबार

झापा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सामाजिक रुपान्तरण र परिवर्तनका लागि शिक्षक मध्यबिन्दु बन्नुपर्ने बताए ।


शिक्षक सङ्घको २८औँ स्थापना दिवसका अवसरमा बिर्तामोडमा आज आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले राज्यको लगानीअनुरुप नेपालको शिक्षा क्षेत्रले प्रगति गर्न नसकेको बताए ।
उनले युग अनुकूल आवश्यकतामा आधारित शिक्षा नीति बनाउँदै शिक्षा क्षेत्रमा सुधार आवश्यक रहेको बताए ।

“राज्यको लगानी जुन रुपले शिक्षा क्षेत्रमा गरिएको छ तर त्यसअनुरुपको उपलब्धि हासिल भएको छैन” उनले भने – “शिक्षा क्षेत्र सफल नहुँदा देश विकासमा प्रत्यक्ष प्रभाव परेको छ ।”

फरक प्रसङ्गमा चर्चा गर्दै नेता सिटौलाले संविधान संशोधन भए÷नभए पनि निर्वाचन नरोकिने बताए ।
उनले भने –“अहिलेको आवश्यकता भनेकै स्थानीय निकायको निर्वाचन हो र निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुन्छ ।”

शिक्षक सङ्घ झापाका अध्यक्ष नेत्र खरेलको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस झापाका सभापति उद्धव थापा, शिक्षक सङ्घका केन्द्रीय सदस्य तिलकसिंह पाण्डे, शिक्षक युनियन झापाका अध्यक्ष तेजप्रसाद चौलागार्इंलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसैबीच गणेशबहादुर थापा स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कारबाट यसवर्ष पत्रकार रेवतीराज घिमिरे पुरस्कृत भएका छन् ।

सोही अवसरमा शिक्षा क्षेत्रमा चार दशक लामो समयसम्म शिक्षण पेसामा आबद्ध भई शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएको चर्चा गर्दै लीलानाथ खनाललाई अभिनन्दन गरिएको तथा उत्कृष्ट ३७ जना शिक्षकलाई सम्मान गरिएको थियो ।

LIVE TV