३० बैशाख २०७४, शनिबार
  • आषिश केसी,

सल्यान । सल्यानमा आइतवार हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । मतदानका लागि मतदान स्थलको ब्यवस्थापन तथा मतदानको तयारी तीव्र पारिएको निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।

मतदानलाई लक्षित गरि मतदान स्थलमा महिला र पुरुषका लागि लाईन र मतदानका लागि गोप्य स्थान निर्माणको काम भइसकेको निर्वाचन कार्यालयले जनाएको हो । सल्यानमा १० स्थानीय तहको लागि आइतवार मतदान हुन लागेको हो ।
३ नगरपालिका र ७ गाउँपालिका रहेको जिल्लामा एक लाख २५ हजार २ सय ५२ जना मतदाता रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । लामो समयपछि हुन लागेको निर्वाचनमा जनप्रतिनिधित्व छान्न पाउने भएपछि मतदाता पनि उत्साहित भएका छन् ।
सल्यानमा १ सय ११ मतदान स्थलमा गरि जम्मा १ सय ७५ मतदान केन्द्रमा मतदाताहरुले मतदान गर्दैछन् ।

LIVE TV