३० बैशाख २०७४, शनिबार

जिल्ला निर्वाचन कार्यालय लमजुङले आइतबार हुने निर्वाचनको तयारी पूरा भएको जनाएको छ । प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत सहितका कर्मचारी र मतपेटीका, मतपत्र र आवश्यक सामाग्री मतदान केन्द्रमा पठाइसकिएको जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमिल्सीनाले जानकारी दिए । निर्वाचन अधिकारी तिमिल्सीनाका अनुसार जिल्लाका सबै निर्वाचन केन्द्रमा तयारी पूरा भएको छ ।

कति छन् मतदान केन्द्र

जिल्लामा १ सय २३ मतदान स्थल रहेका छन् । १ सय ५५ वटा मतदान केन्द्रमा ८ सय जना कर्मचारी खटीएका छन् । निर्वाचन अधिकारी तिमिल्सीनाले भने,‘प्रत्येक मतदान अधिकृतले एकजना महिला र एकजना पुरुष गरी दुई जना स्वयंसेवक आफै छनोट गरेर परिचालन गर्ने छन् । जिल्लामा कुल आठवटा स्थानीय तह रहेका छन् । जिल्लामा एक लाख पाँच हजार ९ सय ९२ जना मतदाता रहेका छन् ।

दुई हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
निर्वाचनलाई भयरहीत र निष्पक्ष रुपमा सफल पार्नका लागि लमजुङमा दुई हजार भन्दा बढी सुरक्षकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी दुई हजार सुरक्षकर्मी परिचालन भएको जिल्ला सुरक्षा समितीका सदस्य एवं प्रहरी नायव उपरीक्षक समिरचन्द्र खरेलले जानकारी दिए । उनका अनुसार सात सय नेपाल प्रहरी, सात सय म्यादी प्रहरी, दुई सय सशस्त्र प्रहरी र ८ सय भन्दा बढी नेपाली सेना खटीएका छन् ।

महिला मतदान अधिकृतको संङख्या न्यून
स्थानिय निर्वाचनका लागि लमजुङमा महिला मतदान अधिकृतको सङ्ख्या न्यून रहेको छ । जिल्लाको १ सय ५५ मतदान केन्द्रमा १ सय ५५ जना मतदान अधिकृत खटिएका छन् । जसमा महिला नौ जना रहेका छन् । जिल्लामा अधिकृत स्तरको महिला कम भएकाले मतदान अधिकृतको सङ्ख्या न्यून रहेको जिल्ला निर्वाचन अधिकृत तुल्सीप्रसाद तिमिल्सीनाले बताए ।

LIVE TV