३० बैशाख २०७४, शनिबार

निर्वाचन प्रसारप्रसारमा सामाजिक सञ्जालमार्फत बदनाम गराएको भन्दै प्रहरीमा उजुरी पर्न थालेको छ । महानगरीय अपराध महाशाखामा एमाले र धादिङका माओवादी केन्द्रका एक उम्मेदवारले उजुरी दिएका छन् ।

एमालेले बनाएको एक प्रचार भिडियोमा अर्को अडियो राखेर बदनाम गर्ने प्रयास भएको भन्दै उजुरी परेको छ । त्यस्तै, माओवादी केन्द्रका एक उम्मेदवारलाई फोन नदिन भन्दै सामाजिक सञ्जालमा उनीविरुद्ध गलत प्रचार गरिएको भन्दै उजुरी परेको छ ।

दुवै घटनाको अनुसन्धान भइरहेको महाशाखाका डिएसपी पशुपति रायले बताए । बिहीबार रातिदेखि मौन अवधि सुरु भए पनि केहीले सामाजिक सञ्जालबाट प्रचारप्रसार गरिरहेका छन् ।

LIVE TV