३० बैशाख २०७४, शनिबार

काठमाडौँ । सरकारी योजना, राजनीतिक दलका चुनावी घोषापत्र या सार्वजनिक बहसमा जहाँ पनि अहिले स्मार्ट सिटीको चर्चा छ तर स्मार्ट सिटी के होरु त्यहाँ के कस्ता पूर्वाधार वा सेवा सुविधा हुनुपर्छ रु भन्ने आधारपत्र नै अहिलेसम्म तयार भएको छैन ।
नयाँ सहर आयोजनाले स्मार्ट सिटी निर्माणका लागि आधिकारिक रूपमा मन्त्रिपरिषद् र बजेट भाषणमार्फत जिम्मा पाएपछि भर्खर मात्र स्मार्ट सिटी निर्माणको गुरुयोजना तथा आधारपत्र निर्माणका लागि परामर्शदाताबाट आवेदन माग भएको छ । नयाँ सहर आयोजनाका निर्देशक पराग कायस्थले पालुङ्टार, लुम्बिनी र निजगढमा स्मार्ट सिटी निर्माणका लागि परामर्शदाताकोे बोलपत्र आह्वान गरेकोमा ३६ कम्पनीले निवेदन दिएको जानकारी दिनुभयो । आयोजनाका अनुसार आगामी साता आधारपत्रको मूल्याङ्कन गर्ने तयारी भइरहेको छ ।
यसबाहेक नयाँ सहर आयोजनामा अहिलेसम्म स्मार्ट सिटीका लागि ठोस रूपमा यस सम्बन्धमा खासै तयारी भने भएको छैन । ‘यसरी निवेदन दिएका मध्येबाट हामीले दोस्रो चरणका लागि ३० वटा कम्पनीलाई आधार पत्रका लागि छनोट गयौँ । तीमध्ये १६ वटा कम्पनीले मात्र आधारपत्र पेस गरेका छन्’ निर्देशक कायस्थले भन्नुभयो । स्मार्ट सिटीको आधार पत्रका लागि निवेदन दिने अधिकांश नेपाली र तीन वटा भारतीय कम्पनी छन् ।
आयोजनाका सूचना अधिकृत शान्तिवदन श्रेष्ठले आधारपत्र उपर मूल्याङ्कनको काम भइरहेको बताउँदै भन्नुभयो, ‘स्मार्ट सिटीका विषयमा अन्य तयारी केही पनि भएको छैन । हामीले भर्खरै मात्र १६ वटा कम्पनीबाट आधारपत्र पाएका छौँ । यी कम्पनी मध्येबाट छनोट हुने तीन वटा कम्पनीसँग आगामी हप्ता सम्झौता हुनेछ । ’ सरकारले आगामी २० वर्षमा गोरखाको पालुङटार, बाराको निजगढ र रूपन्देहीको लुम्बिनी लगायतका तीन वटा नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने निर्णय गरेपछि स्मार्ट सिटीको चर्चा चल्न थालेको हो ।
सामान्यत सूचना प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा सुविधामा जनताको सहभागितासहित पहँुच र दिगो वातावरणीय अवस्थाका साथ सहरबासीको जीवनको गुणस्तर राम्रो हुने सहरलाई नै स्मार्ट भनिन्छ । तर, स्मार्ट सिटीको परिभाषा देशैपिच्छे फरक फरक हुने गरेको छ । नेपालको परिपे्रक्षमा स्मार्ट सिटीको परिभाषा हालसम्म तय भएको छैन । भारतले स्मार्ट सिटीका लागि छ वटा, चीनले सात वटा र हङकङले आठ वटा विभिन्न आधारभूत सूचक राखेको छ । नेपालले के कस्तो सूचक राख्ने भन्ने विषय कम्पनी छनोट भएपछि मात्र तय हुनेछ ।
सामान्यतया ‘स्मार्ट सिटी’ त्यस्तो सहर हो, जहाँ भौतिक संरचना, सञ्चार र बजार अत्याधुनिक हुन्छन् । यस्तो सहरलाई अत्याधुनिक र पूर्ण व्यवस्थित सहरका रूपमा परिभाषित गर्ने गरिन्छ । यो त्यस्तो सहर हुनेछ, जहाँ आधुनिक जीवनयापनका लागि आधारभूत कुनै पनि विषय छुटेको हुँदैन । स्मार्ट सिटीमा सूचना प्रविधिलाई प्राथमिक पूर्वाधारका रूपमा राखिएको हुन्छ, जहाँ सूचना प्रविधिको व्यापक प्रयोग हुन्छ ।

LIVE TV