२९ बैशाख २०७४, शुक्रबार
  • रिया भण्डारी,

काठमाडौं । नर्सिङ पेशाप्रति बढ्दो आकर्षणका कारण नर्सहरुको संख्या बढेपनि व्यवस्थापन हुन नसक्दा उनीहरुको समस्या बढ्दै गएको छ । योग्यता अनुसार रोजगारी र विशेषज्ञता अनुसार पदपूर्ति हुन नसक्नु, रोजगारी तथा पेशागत सुरक्षालगायतका समस्या रहेको भन्दै नर्सहरुले गुनासो गरेका छन् । शुक्रवार विश्व नर्सिङ दिवस मनाइरहँदा उनीहरुले भने आफ्नो पेशागत सुरक्षा र पेशाप्रति सरोकारवाला निकायहरुको दृष्टिकोणमा सुधारको खाँचो औंल्याएका छन् ।

अस्पतालमा बिरामीको उपचारको दौरान चिकित्सकभन्दा नर्सहरु बढी खटिएका हुन्छन् बिरामीलाई हेरविचार गर्नेदेखि बिरामीका आफन्तलाई हौसला प्रदान गर्नेसम्मका कार्य नर्सहरुले नै गर्छन् । अस्पताल प्रशासनले नर्सलाई दरबन्दीमा राख्नुपर्ने भएपनि दरबन्दीको ठाँउमा स्वयंसेवककोरुपमा नर्सहरु राख्ने गरिएको छ ।
एउटै अस्पतालमा काम गर्ने चिकित्सकहरुले योग्यता र क्षमताअनुसारको पारिश्रमिक पाउने गरेपनि आफूले उचित पारिश्रमिक नपाएको नर्सहरुको गुनासो छ । नेपालको जनसंख्याका लागि आवश्यक भन्दा वार्षिक सात हजार बढी नर्स उत्पादन हुने गरेका छन् । तर, उनीहरुको व्यवस्थापन गर्न नसक्दा उनीहरुले रोजगारी र पेशागत सुरक्षालगायतका विभिन्न समस्या भोग्नुपरेको छ ।
एउटा प्रमाणपत्र तहको नर्स तयार भइसक्दा छ लाख बढी रकम खर्च हने गर्दछ । तर, उत्पादन भएका नर्सहरु उपयुक्त कामको खोजीमा वर्षौं विताउन बाध्य छन् । यस्तो अवस्थामा संवेदनशील पेशाका रुपमा लिइने स्वास्थ्य क्षेत्रको महत्वपूर्ण अंग नर्सहरुको समस्या र गुनासोप्रति सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी छ ।

LIVE TV