२९ बैशाख २०७४, शुक्रबार
  • सुरेश श्रेष्ठ,

दाङ । जनता आवास कार्यक्रममा दाङका २ सय १७ बादी तथा गन्धर्भ समुदायका परिवारले निशुल्क घर पाउने भएका छन् । यस्तै अन्य ८ सय २३ बिपन्न दलित, लोपोन्मुख जातीका लागि निशुल्क घर पाउनका लागि आबेदन माग गरिएको भवन डिभिजन कार्यालय दाङले आबेदन माग गरेको छ ।

भवन डिभिजन कार्यालय दाङका प्रमुख इञ्जिनियर राजेन्द्र पाण्डेले यसअघि आबेदन दिएका ५ सय बढी लाभग्राहीबाट बिपन्न पहिचान भएका २ सय १७ बादी तथा गन्र्धर्ब परिबारलाई निशुल्क आबास सुबिधा पाउने लाभग्रामीमा छनौट भएको बताए । यसैगरी, ५ नम्बर प्रदेशका लागि तय गरीएको बिशेष कार्यक्रम अन्तर्गत ८ सय २३ बिपन्न दलित परिबारका लागि निशुल्क आबास सुबिधाका लागि आबेदन माग गरिएको छ ।
आबेदन दिएकामध्ये सरकारले बनाएको निर्देशिका अनुसार आफ्नै घर नभएका, बिपन्न भनि पहिचान गरिएका दलित समुदायका परिबारबाट साडे ८ सयलाई छनौट गरिनेछ । छनौट भएका परिबारले घर तथा शौचालय बनाउनका लागि २ लाख ३३ हजार ७ सय अनुदान पाउने छन् ।

 

LIVE TV