२९ बैशाख २०७४, शुक्रबार
  • प्रेम सुनार,

गुल्मी । देशका विभिन्न मठ–मन्दिरहरुमा दलितहरुलाई प्रवेश नदिईएको विरुद्धमा दलित अधिकारकर्मीहरुले आन्दोलन गर्दै आएका वेला गुल्मीको एक मन्दिरमा भने दलित पुजारीहरुले पुजा गर्ने गरेका छन् । यतिसम्म कि वाहिर व्राम्हण, क्षेत्री, मगर लगायतका अन्य जातिहरु दलित पुजारीहरुका भक्तजन बनेर पूजा गर्ने गर्दछन् । गुल्मीको मालिका गाउँपालिका अन्तर्गत साविकको ह्वाङदी गाविसमा रहेको व्रम्हा हस्त निशेल गौतम देवालयमा यस्तै नौलो कार्य हुने गरेको छ ।

पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्नु अघिदेखि नै प्यूठानको रजेनामा अस्तित्वमा रहेको निशेल गौतम गोत्राका बिश्वकर्मा बन्धुहरुले स्थापना गरेको देवालयमा यस्तो पूजा गरिएको हरेक दुई÷दुई वर्षमा देख्न पाइन्छ ।
५ सय वर्ष अघिदेखि गुल्मीको उक्त स्थानमा स्तान्तरण गरिएको यस देवालयमा हरेक दुई वर्षको वैशाखे पुर्णीमाको दिन ती वन्धुहरुले कुल पुजा गर्ने प्रचलन छ । मनोकांक्षा पूरा हुने जनविश्वासका कारण विभिन्न जिल्लाका भक्तजनहरु पनि आउने गर्दछन्, जहाँ दलित पुजारीले पुजा गर्ने गर्दछन् ।

मेला भर्न गएका स्थानीयले दलितहरु पुजारी र व्राम्हण लगायतका अन्य जातीहरु भक्तजन बनेको आफूले पहिलो पटक देखेको र यो जातिय सद्भावका लागि उदाहरणीय भएको बताएका छन् । तत्कालीन गौतम थरका व्राम्हण हँुदै गोतामे थरका बिश्वकर्मा बनेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर बिश्वकर्माले बताए ।
छुवाछुत र जातिय भेदभाव तथा दलितलाई मन्दिरमा छिर्न नदिने समाजका लागि यो गतिलो पाठको रुपमा प्रस्तुत भएको छ ।

 

LIVE TV