२९ बैशाख २०७४, शुक्रबार
  • उमेश अवस्थी,

कन्चनपुर । दोस्रो चरणको स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा कञ्चनपुरामा दलहरुको चुनावी गतिविधि पनि तीब्र रुपमा अगाडी बढेको छ । बिभिन्न राजनितीक दलहरुले हाल गाउँघरमा घरदैलो कार्यक्रम देखि लिएर बिभिन्न वार्डहरुमा कोण सभा भेला र छलफल जस्ता बिभिन्न माध्यमहरुबाट आफ्नो प्रचार प्रसारलाइ तीब्रता दिएका छन् ।

कञ्चनपुर जिल्लाको पुरानो र सबभन्दा ठूलो नगरपालिका भीमदत्त नगरपालिकामा तीन ठुला राज्िनीतिक दल कांगे्रस एमाले र माओवादी केन्द्रका साथै अन्य दलहरुलेसमेत चुनावी अभियान तीव्र पारेका छन् । दलहरु वडा अध्यक्ष र सदस्यहरु चुन्नमा ब्यस्त रहेका छन् । अभियानमा रहेका बिभिन्न जिल्ला र नगर स्तरका नेता कार्यकर्ताहरुले आ–आफू विजयी हुने दावी गर्न थालेका छन् ।
खासगरी यस क्षेत्रमा एक महिनापछि निर्वाचन सारिएका कारण केही सिथिल भएको चुनावी माहौल फेरि तातेको हो । झण्डै २० बर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा सर्वसाधारणसमेत त्यत्तिकै उत्साहित भएका छन् ।

 

LIVE TV