२९ बैशाख २०७४, शुक्रबार
  • तारा आचार्य,

मोरङ । ट्राफिक प्रहरीले दुःख दिएको भन्दै मोरङका दुध वितरकहरुले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि विरोध प्रदर्शन गरेका छन् । उनीहरुले ट्राफिक प्रहरीले आफुहरुको कमाई खाने माध्यममा नै हस्तक्षेप गरेको आरोप समेत लगाएका छन् ।

मोटरसाइकलमा दुबै तर्फ क्यान राखेर गाउँ गाउँ दुध संकलन गरी विराटनगरका घर घरमा दुध पु¥याउदै दैनिक गुजारा गर्दै आएकोमा ट्राफिक प्रहरीले जरिवाना लिन थालेपछि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरु एक जनाले दैनिक ३ सय लिटर दुध बेचेर ७ सय देखि १ हजार रुपैया कमाउने गर्दछन् । तर ट्राफिक प्रहरीले ५ सय देखि एक हजार सम्म जरिवाना लिने गरेकाले विरोध गर्न बाध्य भएको दुध वितरक शंकरप्रसाद दाहालले जानकारी दिए ।

दुध वितरकहरुले दुध वितरणमा बाधा नपु¥याउन र गरिखान दिन आग्रह गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरमा समेत ज्ञापन पत्र बुझाएका छन् । मोरङमा करिब १ हजार दुध वितरकहरु रहेका छन् ।

 

LIVE TV