नवलपरासी । कावासोती बजारमा कांग्रेसले आयोजना गरेको चुनावी सभानजिक बम विस्फोट भएको छ ।
व्यस्त महेन्द्र राजमार्गाको छेवैमा भएको विस्फोटमा मानवीय क्षति नभउको प्रहरीले जनाएको छ ।
कावासोती नगरपालिका ३ स्थित पुरानो कावासोतीमा कांग्रेसले चुनावी सभा गरिरहँदा सभास्थलनजिक ठूलो आवाजमा बम विस्फोट भएको हो ।
वडा नम्बर ३ का वडाध्यक्ष पदका उम्मेदवार अमृत श्रेष्ठ बोल्दै गर्दा सभास्थलबाट ५० मिटरको दूरीमा विस्फोट भएको हो ।