२८ बैशाख २०७४, बिहीबार

एजेन्सी । अभिनेता रणवीर कपुर चाँडै विवाह बन्धनमा बाँधिने भएका छन् । सञ्चार माध्यममा आएको जानकारीनुसार उनको विवाह लण्डनमा रहेका एक नामी परिवारको सदस्यसँग हुने भएको छ । रणवीरको मागी विवाह हुन लागेको जानकारी गराइएको छ ।


सोही अनलाईन समाचारकाअनुसार उनलाई भेट्न रणवीरकी आमा नितु सिंह लण्डन समेत पुगेकी थिइन् । तर, यो कुरामा भने नितु र रणवीरले केही बोलेका छैनन् । ससमाचारमा छापिए अनुसार नितुलाई पनि ती युवती मन परेको छ ।

यो भन्दा अगाडी रणवीरको नाम सोनम कपुर, अवंतिका मलिक, नन्दिता मेहतानी, दीपिका पाडुकोन र कट्रिना कैफसँग जोडिएको थियो । गत वर्षमात्र कट्रिनासँग उनको ब्रेकअप भएको थियो ।

यसअघि ५ वटा अफेयरका लागि चर्चामा आएका रणवीर पाँचवटै अफेयरमा असफल भएपछि आमा नितुले छोराका लागि मागी बुहारी खोजेकी बताईएको छ । विवाहको आधिकारिक रुपमा घोषणा मात्र हुन बाँकी रहेको बताइएको छ ।

LIVE TV