२८ बैशाख २०७४, बिहीबार

 

सरी पुल (अफगानिस्तान) । अफगानिस्तानको उत्तरी प्रान्त सरी पुलमा अफगान सैनिकले जारी राखेको कारबाहीको क्रममा आठ तालिवान आतङ्ककारी मारिएका सैनिक स्रोतले बिहीबार जानकारी दिएको छ ।

सुरक्षा कारबाहीका क्रममा अन्य पाँच आतङ्कककारी घाइते भएका छन् । यस कारबाहीको क्रममा सुरक्षाकर्मी र सर्वसाधारणको हताहतको भने खवर नभएको बताइएको छ ।

अफगानिस्तानको राजधानी काबुलबाट ३५० किलोमिटर उत्तरमा पर्ने यस स्थानमा भएको यस कारबाहीको क्रममा सुरक्षाबलले ११ वटा मोटरसाइकलसमेत कब्जामा लिएको बताइएको छ ।

अफगानिस्तानमा पछिल्लो केही समयदेखि तालिवान लडाक विरुद्धको सुरक्षा कारबाहीलाई तिब्र बनाइएको छ ।

वसन्त ऋतु र ग्रिष्म ऋतुमा अफगानिस्तानमा धेरै भिडन्त हुने समयको रुपमा लिइन्छ ।

LIVE TV