
सोल (कोरिया) । दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले विहीबार आफ्नो कार्यालयका कर्मचारीको जिम्मेवारी र कार्यप्रणालीलाई मुलुकको अर्थतन्त्र तथा सुरक्षाका लागि भन्दै केही परिवर्तन गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
पुनः सङ्गठन योजना अन्तर्गत राष्ट्रपतिको कार्यालयमा एक जना मन्त्रालयतहको सचिवको पद थप गरी जम्मा चार सचिवको व्यवस्था गरिने भएको छ भने दुई जना सहसचिवलाई घटाइने भएको छ । हालसम्म राष्ट्रपतिको कार्यालयमा व्यवस्था गरिएका १० सहसचिवको ठाउँमा आठ पद व्यवस्था गरिने भएको राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गरी जनाएको हो ।
पछिल्लो सङ्गठन अनुसार राष्ट्रपतिको कार्यालयका एकजना मन्त्रीस्तरीय प्रमुख रहनुहुनेछ भने उहाँलाई सघाउन पाँच जना वरिष्ठ सचिव रहने छन् । उनीहरुलाई राजनैतिक सम्वन्ध, नागरिक सम्वन्ध, सामाजिक सुधार, जनसम्पर्क र व्यक्तिगत मामिला हेर्ने जिम्मेवारी तोकिएको छ ।
परिवर्तित उच्च प्रेस सचिवलाई वरिष्ठ जनसम्पक अधिकारीको जिम्मा लगाइएको छ ।
नयाँ राष्ट्रपतिको आवागमनसँगै सिर्जना भएको एकजना मन्त्रीस्तरीय प्रमुखको पद नीतिनिर्माणका लागि छुट्टाइएको छ र यस अन्तर्गत तीन उच्च सचिव रहने छन् । उनीहरूलाई दक्षिण कोरियाको रोजगार प्रवद्र्धन, आर्थिक तथा सामाजीक सुधारका लागि जिम्मेवार रहनेछन् । रासस÷ सिन्ह्वा