२८ बैशाख २०७४, बिहीबार

काठमाडौं । कुख्यात अपराधी बब्लु दुबेको गोली हानेर हत्या भएको छ । प्रहरी घेराका बीच अदालतमा पेश गर्ने क्रममा उनीमाथि अदालत परिसरमै गोली प्रहार भएको हो ।

तीन जनाको संख्यामा रहेको अज्ञात समूहले उनीमाथि गोली हानेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । गोली प्रहारपछि उनको घटनास्थलमै मृत्यु भएको थियो ।
भारतको बक्सार कारागारमा सजाय काटिरहेका बल्लु भनिने मितिलेश दुबेलाई बिहीबार बेतिया सिभिल कोर्टमा पेश गर्न लागिएको थियो । नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका बब्लुलाई २०१३ मा नेपाल प्रहरीले पक्राउ परेको थियो ।
काठमाडौंबाटै पक्राउ परेका उनलाई एक सातापछि बिहार प्रहरीलाई बुझाइएको थियो । ३१ वर्षका बब्लुले बिहारको जेलबाटै विहारका साथै सीमा क्षेत्रमा आपराधिक धन्दा चलाउँदै आएका थिए ।

LIVE TV