२८ बैशाख २०७४, बिहीबार

म्याग्दी । स्थानीय तहको निर्वाचका लागि म्याग्दी सदरमुकाम बेनीबाट मतदान अधिकृत, सुरक्षाकर्मी सहित निर्वाचनमा आवश्यक पर्ने कर्मचारीको टोली परिचालन गरिएको छ । मुख्य निर्वाचनको कार्यालयबाट मतदान साम्रगी सहित टोलीलाई मतदान स्थलमा पठाइएको हो ।

स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न, मतदाता परिचय पत्र वितरण, मतदानस्थलको आवश्यक तयारी, सुरक्षा ब्यवस्था मिलाउने लगाएतका कार्यहरूलाई बिहीबारभित्र सम्पन्न गर्ने समेत निर्देशन दिइएको छ ।
निर्वाचन सम्पन्न गर्नेका लागि आवश्यक तयारी सहित ग्रामीण क्षेत्रमा प्रस्थान गरेपछि जिल्लामा निर्वाचनको माहोल समते थप तातिएको छ । दलीय प्रचारप्रसारमा केन्द्रित रहेका राजनीतिक दलको प्रचारत्मक गतिविधि समेत अन्तिम चरणमा पुगेको छ ।
सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको गस्ती सहित संवेदनशील क्षेत्रलाई निगरानीमा राखेको छ । मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा रहेको बताए ।
म्याग्दीको सम्रग अवस्था उत्साहजनक रहेको बताउँदै निर्वाचनलाई सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ७१ हजार ४ सय ६३ मतदातालाई लक्षित गरी ७२ मतदानस्थल, १ सय २ मतदान केन्द्रमा सुरक्षाकर्मी, म्यादी प्रहरीको टोली बाहेक ५ सय ५० जना कर्मचारी खटाइएको छ । बेनी नगरपालिका र पाँच गाउँपालिकामा दलहरु वीच चुनावी प्रतिष्पर्धा तीब्र देखिएको छ ।

 

LIVE TV