
काठमाडौं । बैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको लागि निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरण सुरु गरेको छ । निर्वाचन आउन केहि दिन मात्र बाँकी रहँदा आयोगले बिहीबारदेखि परिचयपत्र वितरण कार्य सुरु गरेको हो ।
मतदानका लागि मतदाता परिचय पत्र आवश्यक पर्ने कानुनी व्यवस्था अनुसार मतदाता परिचय पत्र वितरणको काम सुरु गरिएको आयोगले जनाएको छ । नजिकको मतदान केन्द्रवाट सम्पूर्ण नागरिकहरुलाई सहज रुपमा परिचयपत्र वितरण गरिएको आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिए र
आयोगले सहज रुपमा परिचयपत्र वितरण गरेको बताएपनि केहि स्थानमा नागरिकहरुले सहज रुपमा प्राप्त गर्न नसकेको गुनासो गरेका छन् ।
आयोगका अनुसार विहीबार शुक्रबार र शनिबार मतदाता नामावलीमा नाम समावेश भएकाहरुले आ–आफ्नो मतदान केन्द्रमा गई खटिएको मतदान टोलीबाट परिचय पत्र प्राप्त गर्न सक्नेछन् । मतदाता परिचय वितरणको समय भने सम्बन्धित मतदान केन्द्रले त्यहाँको परिस्थिति अनुकूल हुने गरी तय गर्ने आयोगले जनाएको छ ।