२८ बैशाख २०७४, बिहीबार
  • तारा आचार्य,

मोरङ । २००८ सालमा स्थापना भएको मुलुककै सबैभन्दा जेठो व्यापारिक संगठन मोरङ व्यापार संघको ३१ औं कार्यकारिणी समिति चयन गरिएको छ ।

विराटनगरमा सम्पन्न ६२ औं साधारण सभाले सांसद पवन कुमार सारडाको नेतृत्वमा नयाँ कार्यकारिणी समिति चयन गरेको हो ।
आइतवार सम्पन्न निर्वाचनबाट निर्वाचित १९ जना सदस्यहरु मध्येबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्य तर्फको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष चयन गर्ने प्रावधान रहेको छ । बिहीवार सम्पन्न पहिलो बैठकले अध्यक्षमा पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्षमा प्रकाश मुन्धडा, महासचिवमा नविन रिजाल र प्रवक्तामा विकास बेगबानी चयन भएका छन् ।
आइतवार भएको निर्वाचनमा ८ जना उद्योग तर्फ र ८ जना वाणिज्य तर्फ निर्वाचित भएका थिए भने वस्तुगत तर्फ २ जना सदस्य चुनिएका थिए ।
पदस्थापन कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष पवनकुमार सारडाले राजनस्तिक स्थिरता कायम नभए सम्म उद्योग व्यापार फष्टाउन नसक्ने भएकाले राजनीतिक दलहरुलाई सहमति र सहकार्य गरेर अघि बढ्न आग्रह गरे । उनले आगामी बजेट उद्योगी व्यवसायी मैत्री आउनु पर्ने धारणा समेत व्यक्त गरे ।

LIVE TV