
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले एमालेले अन्य पार्टीसंग गरेकोे तालमेल प्रतिगामी भएको बताएका छन् । साथै उनले ६० प्रतिशत ठाउँमा कांग्रसको जित हुनेमा कुनै शंका नरहेको जिकिर पनि गरेका छन् ।
बिहीबार कांग्रेस पार्टी कार्यलय सानेपामा आयोजित पत्रकार सम्मेलनमा मन्त्री एवं काँग्रेस प्रचार प्रसार समन्वय उपसमितिका संयोजक लेखकले कांग्रेस सधैँ जनताको पार्टी भएको बताए । उनले कांग्रेसले सधैँ बोलेको कुरा पु¥याएको हुनाले जनताले कांग्रेसलाइ विश्वास गरेको र ६० प्रतिशत ठाउँहरुमा आफ्नो जित निश्चित रहेको बताएका हुन् ।
संयोजक लेखकले एमालेले गणतन्त्र नमान्ने पार्टीसंग तालमेल गरेकोले उक्त तालमेल देशको हितमा नभएको र प्रतिगामी भएको जिकिर गरेकबा छन् ।
मन्त्री लेखकले कांग्रेस माओवादी केन्द्रबीच भएको तालमेल विकासको र संविधानको पक्षमा भएको दावी समेत गरे ।