२८ बैशाख २०७४, बिहीबार

काठमाडौं । अभिनेता आर्यन सिग्देलले करियरकै पहिलो डेब्यू फिल्म अभिनेत्री रेखा थापासँग किस्मत गरेका थिए । दर्शकहरुले उनिहरुको त्यस जोडीलाई रुचाए र उनिहरुको जोडी नै जम्यो । त्यसपछि उनिहरुले कस्ले चो¥यो मेरो मन, हिफाजत, लगाएतका फिल्महरुमा एकै साथ काम गरे ।


केही वर्ष देखि यो जोडी एकअर्काका दुश्मन मानिदै आएका थिए, तर अब यो जोडीलाई पुनः दर्शकहरुले सात बर्षपछि एकै साथ देख्न पाउने भएका छन् । कसले चोर्यो मेरो मन फिल्म पछि यो जोडीलाई दर्शकहरुल पर्दामा हेर्न पाएका थिएनन् । अब, ‘रुद्र प्रिय’ले दर्शकहरुमाझ यो जोडीलाई पुनः एकै साथ पर्दामा प्रस्तुत गर्दैछ । सात बर्षपछि सबै दुश्मनी भुलेर रेखा र आर्यनले एउटै फिल्ममा काम गर्ने फाइनल भएका छन् ।

‘रुद्रप्रिया’ मा अनुवन्धित भएपछि मिडियासँग बोल्दै अभिनेता आर्यनले भने, ‘हामी दुईको सम्बन्धको विषयमा बाहिर जस्ता खाल्का खबरहरु आए, त्यस्तो केही पनि भएको थिएन । हामीले एकअर्कासँग काम गर्न नचाहेका होइनौं मात्र सही समय आएको थिएन ।’

त्यस्तै, रेखा र आर्यनको झगडा भएको खबर थियो नी भन्ने पत्रकारहरुको प्रश्नमा उत्तर फर्कउँदै अभिनेता आर्यनले भने, ‘हामी बीचमा झगडा नै भएको भएपनि क्यारेक्टरसँग कहिले पनि झगडा भएको थियो । राम्रो प्रोडक्ट हामीलाई पनि चाहिएको छ, फिल्म इन्ड्रष्टीलाई पनि चाहिएको छ र दर्शकहरुलाई पनि चाहिएको छ । यी सबै मिलेका कारण हामी दुईले एकसाथ ’रुद्र प्रिया’ गर्न लागेका हौं ।’

त्यस्तै, अभिनेत्री रेखा थापले पनि थपिन्, ‘हामी दुई एकसाथ पर्दामा नआउँदा इन्ड्रष्टीमा पनि एक प्रकारको धक्का लागेको थियो । दर्शकको चाहना र ‘रुद्र प्रिया’ को स्क्रिप्ट नै आर्यन र मलाई सोचेर लेखिएको कारण हामी एकसाथ काम गर्न लागेका हौं ।’

फिल्मलाई सुदीप भूपाल सिंहले निर्देशन गर्नेछन् । फिल्ममा आर्यन ‘रुद्र’ र रेखा ‘प्रिया’ को भूमिकामा देखिदैछन् । फिल्म भने जेष्ठ ४ गतेबाट फ्लोरमा जाँदैछ ।

LIVE TV