२८ बैशाख २०७४, बिहीबार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनमा सूर्यध्वजावाहक उम्मेदवारहरुले जित्नेमा कुनै शंका नरहेको बताएका छन् । बुढानीलकण्ठ नगरपालिकाको चुनावी सभालाई बुधबार सम्बोधन गर्दै उनले एमालेकै नेतृत्वमा नगरलाई सुमन्नत र जनतालाई सम्बृद्ध बनाइने घोषणा गरे ।

स्थानीय तहमा जितेपछि पार्टीको प्रतिवद्धता अनुसार काठमाडौंमा रेल कुदाइने ओलीले बताए । ‘हामीले चुनाव जितेपछि अरु पार्टीका नेताहरुलाई रेल चढाएर एक फन्को पोखरा घुमाएर काठमाडौं ल्याउँछौं’, ओलीले भने ।

एमालेको तर्फबाट मेयरमा दाबी गरेका नेता कुसुम कार्कीले एमाले जितको नजिक पुगिसकेको बताए । ‘बुढानीलकण्ठका नगरबासीले एमाले चाहेका छन्, हाम्रो जित सुनिश्चित छ’, सभालाई सम्बोधन गर्दै कार्कीले भने ।

एमालेको तर्फबाट मेयरको उम्मेदवार बनेका उद्धव खरेलले चुनाव प्रचारप्रसारका क्रममा जनताले देखाएको माया आफु उत्साही बनेको बताए । नगरको विकासका लागि एमालेको प्रतिवद्धताअनुसार आफु खटिने उनले प्रतिवद्धता जनाए ।

LIVE TV