२८ बैशाख २०७४, बिहीबार

 

पोखरा । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले निर्वाचनमा खटिने मतदान अधिकृत, मतदाता तथा स्वयम् उम्मेदवारहरुले सुरक्षाको प्रत्याभूति पाउनुपर्नेमा जोड दिनुभएको छ ।

स्थानीय तह निर्वाचनका लागि पश्चिमाञ्चलका जिल्लामा आयोगबाट पर्यवेक्षकका रुपमा खटिनुभएका पाठकले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय प्रशासनसँग आग्रह गर्नुभयो ।

विभिन्न जिल्लाको निरीक्षणका क्रममा मतदाता शिक्षा प्रभावकारी हुन नसकेको आपूmले जानकारी पाएको उल्लेख गर्दै उहाँले मतदानकै दिन पनि मतदान केन्द्रमा वडामा रहेका महिला स्वयंसेविकालाई परिचालन गरी बदर मतको सङ्ख्या कम गर्न मतदाता शिक्षा सञ्चालन गर्न निर्वाचन आयोगले विशेष पहिल गरिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले मतदाता शिक्षा कार्यक्रमलाई आयोगले नियमित कार्यक्रमअन्तर्गत राखी वर्षैभरि सञ्चालन गरिनुपर्ने धारणा राख्नुभयो । रासस

LIVE TV