२८ बैशाख २०७४, बिहीबार

काठमाडौं । स्थानीय चुनावमा बदर मतको संख्या बढ्न सक्ने आशंका स्वयं निर्वाचन आयोग गरिरहेको छ । जटिल प्रकारको मतपत्र भएका कारण मतदाताहरु झुक्किने सम्भावना बढेको छ । मतपत्रको एउटै कोठाभित्र दुईवटा चुनाव चिन्ह छन्, जसले मतदाताहरुलाई थप झुक्याउन सक्छ ।

छोटो समयमा चुनाव आयोजना गरिउका कारण दलहरुले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न सकेको देखिएन । निर्वाचन आयोगले पनि सबै मतदातासम्म मतदाता शिक्षालाई पुर्‍याउन सकेन ।

बिहीबार मात्रै निर्वाचन आयोगले एउटा कोठामा रहेका दुईवटा चुनावचिन्हबारे प्रेस विज्ञप्ति निकालेर सचेत गराएको छ । यसबाट के स्पष्ट हुन्छ भने यसपालिको चुनावमा बदरमतको संख्या बढ्ने खतरा अधीक छ ।

LIVE TV