२८ बैशाख २०७४, बिहीबार

काठमाण्डौ । भारतको राजस्थानमा विवाह हलको पर्खाल भत्किँदा २४ जनाको ज्यान गएको छ ।

राजस्थानको भरतपुरको सिवर रोडमा रहेको एक हलमा विवाह समारोह भइरहेका बेला तीव्र गतिमा हुरी चलेपछि त्यसबाट बच्न मानिसहरु पर्खालको आड लागेका बेला पर्खाल भत्किएको हो ।

राजस्थानको भरतपुर जिल्लामा तीव्र गतिमा चलेको हुरीका कारण विवाह समारोह भइरहेको हलको पर्खाल भत्किँदा २४ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ९० फिट लामो तथा १२ फिट अग्लो पर्खाल भत्किँदा ज्यान जानेमा सात महिला र चार बालबालिका छन् ।

घटनामा २८ जना घाइते भएका छन् । राजस्थानका मुख्यमन्त्री वसुन्धरा राजे सिन्धियाले घटनाप्रति दुःख व्यक्ति गर्दै घाइतेको उपचार गर्न निर्देशन दिएका छन् ।

LIVE TV