२७ बैशाख २०७४, बुधबार
  • दीपक भट्ट,

रामेछाप । जिल्ला निर्वाचन कार्यालय रामेछापले जिल्ला सदरमुकाम मन्थलीमा नमुना मतदान गराएको छ । आगामी आइतवार हुने स्थानीय तहको निर्वाचनमा सरोकारवालाहरुलाई मतदान गर्नेबारे जानकारी दिन कार्यक्रमको आयोजना गरिएको हो ।

नमुना मतदान कार्यक्रममा निर्वाचनको दिन मतदान गर्न मतदाताहरुले मतदान गर्ने तरिका, स्वस्तिक छापको उचित प्रयोग, मतदान प्रकृयाका लागि निभाउनुपर्ने सम्पुुर्र्ण भूमिकाका बारेमा जानकारी गराईएको जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख कपिलप्रसाद उपाध्यायले जानकारी दिए ।

मतदान गर्दा कुनै पनि मतदाताले आफनो मतपत्र वदर नगरुन भन्ने उदेश्यले गरिएको नमुना मतदान कार्यक्रममा कर्मचारी, मतदाताहरु, उमेद्वार प्रतिनिधिको व्यवस्थापन र मत खसाल्ने विधिको बारेमा समेत जानकारी गराइएको थियो ।

यसैबीच, निर्वाचन पर्यवेक्षण समिति (नियोक) जिल्ला समिति रामेछापले आगामी निर्वाचनमा मतदान केन्द्रमा खटिने आफना पर्यवेक्षकहरुका लागि एक दिने पर्यवेक्षण तालिम दिएको छ । सदरमुकाम मन्थलीमा आयोजना गरिएको उक्त तालीममा स्थानिय निर्वाचन पर्यवेक्षण गर्नका लािग खटिने १६ जना पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।

तालिममा निर्वाचन पर्यवेक्षण गर्दा पर्यवेक्षकहरुले निभाउनु पर्ने भूमिका र आचार संहिताको अनिवार्य पालनाको वारेमा जानकारी गराईएको थियो ।

 

LIVE TV