२७ बैशाख २०७४, बुधबार
  • रिया भण्डारी,

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि मतदान स्थल र मतदान केन्द्रहरुमा मतदाताको स्वास्थ्य ख्याल गरि कुनै तयारी गरिएको छैन । गर्मीको महिनामा आयोजना हुन लागेको मतदान गर्न घन्टौ लाइन बस्नु पर्ने हुन्छ । तर यस्तो अवस्थामा मतदाताको स्वास्थ्यको मध्यनजर गर्दै कुनै तयारी गरिएको छैन ।

मतदान स्थलमा भैपरी आउने स्वास्थ्य समस्याको लागि न त निर्वाचन आयोगले ध्यान दिएको छ न त स्वस्थ्य मन्त्रालयले नै कुनै ब्यबस्था गरेको छ । निर्वाचनमा अन्य सबै तयारी भए पनि मतदान स्थलमा घन्टौ लाइन बस्दा कसैलाई केहि भयो भने प्राथमिक स्वास्थ्य उपचारको समेत ब्यबस्था गरिएको छैन ।
अरु बेला चाडपर्वमा समेत भइपरी आउने स्वास्थ्य समस्यालाई मध्यनजर गरेर स्वास्थ्य सम्बन्धि क्याम्प राखिएको हुन्छ तर निर्बाचन जस्तो महत्पूर्ण समयमा मतदाताको भइपरी आउने स्वास्थ्य समस्यालाइ मध्यनजर गरिएको छैन । यस विषयमा स्वास्थ्य मन्त्री गगन थापाले निर्वाचन आयोगबाट कुनै किसिमको निर्देशन र माग नगरिएको बताए ।
मुलुकभर १० हजार ६ सय ४० मतदानस्थल र १८ हजार ५ सय ७२ मतदान केन्द्र निर्धारण गरिएको छ । गर्मी महिना भएकोले घन्टौ लाइन बस्दा मतदातामा स्वास्थ्य समस्या आइपर्न सक्छ तर यस तर्फ निर्बाचन आयोगले ध्यान दिएको छैन । यदपि स्वास्थ्य मन्त्रालयले निर्वाचनमा मतदातामा आइपर्न सक्ने स्वास्थ्य समस्याको लागि टिमलाइ तयार राखेको स्वास्थ्य मन्त्री गगन थापाको दावी छ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि मतदान स्थल र मतदान केन्द्रमा मतदाताको स्वास्थ्य उपचारको लागि आवश्यक ब्यबस्था गर्न आवश्यक छ ।

LIVE TV