२७ बैशाख २०७४, बुधबार
  • छविलाल बगाले,

लमजुङ । लमजुङमा स्थानीय तहको चुनावको सरगर्मी बढेको छ । ४ नगरपालिका र ४ वटै गाउँपालिका गरी ८ स्थानीय तह रहेको लमजुङमा आफ्नो पक्षमा भोट पार्न उम्मेद्वारहरु मतदाताको घरदैलोमा पुगेका छन् ।

आ–आफ्ना दलका केन्द्रीय घोषणा पत्रका साथै उम्मेदवारहरुले स्थानीय विकास निर्माणका विषय समेटेर छुट्टै प्रतिवद्धतापत्र मतदातासम्म पु¥याएका छन् । नगरपालिका र गाउँपालिको प्रमुख तथा उपप्रमुखमा कुन उम्मेदवारले बाजी मार्ने भन्ने विषयमा चोकदेखि चियापसलसम्म अड्कलबाजी हुन थालेको छ ।
लमजुङमा मुख्यगरि प्रमुख दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका उम्मेदवारहरुको प्रतिष्पर्धा हुने आंकलन गरिएको छ । एमाले र माओवादी केन्द्र गठबन्धन गरि चुनावी मैदानमा छन् भने काँग्रेस एक ठाउँमा राप्रपामा बाहेक अन्य सबै ठाउँमा एक्लै प्रतिष्पर्धामा उत्रिएको छ । उम्मेदवारहरुले विकास र सम्बृद्धिको एजेण्डालाई अगाढि सारेका छन् ।
निर्वाचनलाई भयरहित, स्वच्छ र निष्पक्ष बनाउन जिल्लामा सुरक्षा प्रबन्ध पनि मजबुत बनाइएको छ ।
जिल्ला निर्वाचन कार्यालयले निर्वाचनको तयारी तीव्र रुपमा गरिरहेको छ । मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको तालिम सम्पन्न गर्नुको साथै मतदाताको घर दैलोमा मतदाता शिक्षा स्वयम्सेवक पनि परिचालन गरेको छ । १२३ मतदान स्थलमा १५५ मतदान केन्द्र तोकिएको लमजुङमा एक लाख ५ हजार ९ सय ९२ जना मतदाता छन् । ः

LIVE TV