२७ बैशाख २०७४, बुधबार

काठमाडौं । स्थानीय चुनाबको मिति दिन प्रति दिन नजिकिदै छ । यस हिसाबले देशभर नै चुनाबी लहर तीव्र छ । देशभर विभिन्न पार्टीले आफ्नो उम्मेदवार विभिन्न पदका लागि खडा गरेका पनि छन् ।

 यसको लागि चारैतिर चुनाबी प्रचार प्रसार बढ्दो छ । सबै पार्टीका कार्यकर्ता देखि नेताहरु सम्म आफ्नो पार्टीको उम्मेदवारको जितको लागि कम्मर कसेर लागिपरेको छन् । यस्तै देशको ठुलो पार्टीको रुपमा परिचित नेपाली कांग्रेसको पनि यति बेला प्रचार प्रसार तीव्र नै छ । सरसर्ती हेर्दा धेरै भागमा नेपाली कांग्रेसको अधिकतम दबदबा देखिन्छ । यति बेला नेपाली कांग्रेस अन्तर्गत नेपाल बिद्यार्थी संघ र तरुण दल पनि आफ्नो तरिकाले चुनाबी माहोलमा सहभागी भएको छ ।

यहि अनुरुप नेपाली बिद्यार्थी संघका सह महामन्त्री प्रेमराज जोशी यति बेला नेवि संघको केन्द्रिय प्रतिनिधिका रुपमा गोरखा पुगेका छन् । उनको उपस्थितिले त्यहाको माहोल धेरै हद सम्म परिवर्तन गरिदिएको छ । गोरखा पुगे लगतै विभिन्न नगर र गाँउपालिका कार्यक्रममा सहभागी जनाएको सह महामन्त्री जोशीले गोरखामा नेपाली कांग्रेसको विजय सुनिश्चित रहेकाले अन्य दलहरुले विभिन्न क्रियाकलापको साथमा निहु खोज्ने काम भईरहेको जानकारी प्राप्त भएकाले जुनसुकै परिस्थितीका सामना गर्नको लागी नेवि संघ र तरुणदल तयार रहेको स्पष्ट तरिकाले बताएका छन् । यति बेला व्यापक चुनाबी प्रचार प्रसारमा लागिपरेका छन् । स्थानीय बासिन्दाले उनको उपस्थिको सम्मान गर्दै भब्य स्वागत समेत गरेका छन् । सह महामन्त्री प्रेमराज जोशी गोरखाका सबै स्थानिय तहहरुमा पुग्ने कार्यक्रम रहेको छ ।

उनको नेपाली बिद्यार्थी संघ भित्र निकै चर्चा रहेको छ । पढाईका हिसाबले समाज शास्त्र र अन्तराष्ट्रीय सम्बन्धमा स्नातकोत्तर गरिसकेका उनलाई नेवि संघको विधानमा १२ औ महाधिवेशनबाट ३२ वर्षे प्रावधान लगाए संगै उनलाई आउदो महाधिवेशनबाट अध्यक्षका रुपमा हेर्न थालिएको छ । यस्तै उनलाई संघ भित्र प्राप्त ज़िम्मेवारी कुसलता पुर्वक निर्वाह गर्ने नेताका रुपमा लिने गरिएको छ । बैशाख ६ गते नेवि संघको स्थापना दिवस मनाउन कैलाली खटिएका जोशी त्यस्ता प्रतिनिधी हुन जसले उक्त जिल्लाका सबै स्थानिय तहमा प्रशिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेका थिए । उनको यस किसिमको काम र सबै प्रति सभ्य व्यवहारले उनको नाम यति बेला धेरैको मनमा कैद भएको छ ।

यस्तै सह महामन्त्री प्रेमराज जोशीको अनुसार नेवि संघले प्रत्येक निर्वाचन बुथमा ३० जना संयमसेवक राख्ने निर्णय गरेको छ । यस्तै चुनाबी प्रकरणको लागि सबै गाँउ र नगरपालिकामा प्रतिनिधि खटाईसकेको जानकारी नेवि संघ गोरखाका सदस्य मिलन सिंह बस्नेतले जानकारी दिएका छन् । यस्तै प्राप्त जानकारी अनुसार गोरखामा नेपाली कांग्रेसको जित पक्का नै छ । त्यहाका स्थानीय बासिन्दाले पूर्ण रुपमा नेपाली कांग्रेसलाई नै समर्थन गरिरहेको खबर आइरहेको छ ।

LIVE TV