२७ बैशाख २०७४, बुधबार

काठमाडौं । माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । चुनाव प्रचार प्रसारको क्रममा गोरखा (गण्डकी गाउँपालिका ८ घ्याल्चोक) गाविस भवन नजिकै यि दुई पार्टीका कार्यकर्ताबीच ढुङ्गा हानाहान भएको स्थानीयले जानकारी गराएका छन् ।


सोही घटनालाई नियन्त्रणमा लिनका लागी प्रहरीले दुई राउण्ड हवाई फाएर गरेको छ । दुवै तर्फका पार्टीका कार्यकर्ता बिच ढुङ्गा हानाहान गरेपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन हवाई फायर नै गर्नु परेका थियो ।
हवाई फाएरपछि स्थिती केही नियन्त्रणमा आएपनि झडप हुने अवस्था अझै शान्त बनेको छैन । जिल्ला प्रहरी कार्यालयबाट डिएसपी थापा सहितको थप टोली घटनास्थल तर्फ गईरहेका प्रहरीले जानकारी गराएका छन् । घटनास्थलमा रहेका प्रहरीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरेन्द्र थापाले भन, ‘आज दिउँसो देखि त्यहाँ झडपको हुन सक्ने अवस्था सिर्जना भएको थियो ।’

LIVE TV