२७ बैशाख २०७४, बुधबार
  • तारा आचार्य,

मोरङ । मोरङका स्थानीय तहको निर्वाचनमा युवाको आकांक्षी बढी देखिएका छन् । दोस्रो चरणमा आगामी जेठ ३१ मा हुने निर्वाचनमा मोरङमा युवाहरुमा उम्मेदवारीको आँकाक्षा बढेको हो ।

स्थानीय तहको पहिले निर्वाचनमा धेरै जनाले भाग लिन रुचि देखाएका कारण मोरङमा अधिकांश दलहरुले उमेद्धार छान्न सकेका छैनन् ।

लामो समय पछि निर्वाचन हुन लागेकाले आकांक्षीहरु धेरै देखिएका हुन् । स्थानीय तहको निर्वाचनमा युवाहरुलाई समेटेर लैजानु पर्ने र पुराना नेताहरुले केन्द्र तिर जानु पर्ने युवाहरुको भनाई छ । निर्वाचनको प्रतीक्षामा रहेका सर्वसाधारणहरु भने स्थानीय तहको निर्वाचन पछि गाँउमा नै सवै सेवा सुविधा पाइने भएकाले तोकिएको मितिमा निर्वाचन गराउनु पर्ने युवाहरुको भनाई छ ।
नयांँ सोच र नयाँ विचारका साथ विकास निर्माणमा युवाहरुको भुमिका उत्साहजनक हुने भएकाले पनि स्थानीय स्तरमा युवाहरुलाई नेतृत्व दिनु पर्ने मोरङका युवाहरुको माग छ ।
निर्वाचनको मिति नजिकिदै जाँदा मोरङको गाँउ गाँउमा पनि चुनावी सहरगर्मी बढ्दो छ । ८ नगरपालिका, ८ गाँउपालिका र १ उपमहानगरपालिका रहेको मोरङ जिल्लामा चुनावी लहरले झ्याप्पै छोपेको छ । सर्वसाधारणहरुले जनप्रतिनिधिविहीन स्थानीय तहमा विकास निर्माणका कामहरु नभएको भन्दै चुनाव अनिवार्य भएको बताएका छन् ।
चुनावी माहोल तातिएसंगै उम्मेदवारको टिकट पाउनका लागि सर्व साधारणहरु नेताको घर दैलो धाउन थालेका छन् । निर्वाचन पछाडि सरेको भएता पनि चुनावी मैदानमा सर्व साधारण उत्रिएका छन् । निर्वाचनको प्रतीक्षामा बसेका युवाहरु पार्टीले अवसर दिएमा नेतृत्व सम्हाल्ने पक्षमा देखिएका छन् । पार्टीका पुराना नेताहरुलाई प्रदेश र केन्द्रको नेतृत्व सम्हाल्नु पर्ने र युवाहरुलाई स्थानीय स्तरको नेतृत्व दिनु पर्ने सवै दलका युवाहरुको भनाई रहेको छ ।
मोरङमा उपमहानगरपालिका ,नगरपालिका र गाँउपालिकाहरुको प्रमुखमा युवाहरुनै आकांक्षी देखिएका छन् । प्रमुख पदमा पुरुषहरु देखिएका छन् भने उपप्रमुख पदमा महिलाहरु देखिएका छन् । पार्टी भित्र पुरानै नेतृत्वको हावी हुने भएकाले युवाहरुले नयाँ नेतृत्वलाई पनि अवसर दिनुपर्ने भन्दै उम्मेदवारका लागि युवाहरु तयार भएको युवाहरुले बताउदै आएका छन् ।

 

LIVE TV