२७ बैशाख २०७४, बुधबार

काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय ब्यापारमा घाटाको अंश बर्षेनी बढ्ने गरेको छ । चालु आर्थिक बर्षको नौ महिना अर्थात गत चैत मसान्तसम्ममा नेपालको ब्यापार घाटा ६ खर्ब ७० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

ब्यापार घाटा गत बर्षको सोही अबधिको भन्दा ४१ दशमलव ४ प्रतिशतले बढेको हो । चालु आर्थिक बर्षको नौ महिनामा भएको ब्यापार घाटा औसतमा प्रतिमहिना ७४ अर्ब ५२ करोड रुपैयाँ हुन आउँछ । ब्यापार तथा निकासी प्रबद्र्धन केन्द्रले सार्बजनिक गरेको तथ्यांकले देखाएको छ ।
यस्तै, नेपालको अन्तर्राष्ट्रिय ब्यापारमा निर्यातको अंश ज्यादै न्यून हुदै गएको छ । नेपालले १ रुपैयाँ बराबरको निर्यात गर्दा १३ रुपैयाँ बराबरको आयात गर्न लागेको छ । सो अबधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.९ प्रतिशतले बढेर ७ खर्ब ८१ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।
कुल व्यापारमा निर्यातको योगदान ७.१ प्रतिशत छ भने आयातको योगदान ९२.९ प्रतिशत रहेको छ । नेपालको कुल निर्यात ९.९ प्रतिशतले वृद्धि भई ५५अर्ब २६ करोड रुपैयाँ तथा कुल आयातमा ३८.४ प्रतिशतले वृद्धि भई भई ७ खर्ब २६ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।
नेपालको निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, टर्की, जर्मनी, युके, चीन, फ्रान्स, इटाली, जापान, क्यानडा, वंगलादेश, अष्ट्रेलिया, नेदरलेण्ड्स र भियतनाम आदि प्रमुुख रुपमा रहेका छन् ।

 

LIVE TV