
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सरकारले भनेपनि अब जेठ ३१ को दोस्रो चरणको निर्वाचनको मिति तलमाथि नहुने स्पष्ट पारेका छन् । उनले आयोगले सम्पूर्ण तयारी गरिसकेकाले निर्वाचन तलमाथि नहुने प्रष्ट पारे ।
बुधबार राजधानीमा निर्वाचन पर्यवेक्षण समिति नियोकले गरेको कार्यक्रममा यादवले निर्वाचनको मिति तोक्ने, सार्ने अधिकार सरकारलाई भएको तर अहिले जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचनको मिति तलमाथि गर्न नहुने बताए । उनले मिति सारिए आयोगले निर्वाचन गर्न नसक्ने पनि स्पष्ट पार्नुभयो । प्रमुख आयुक्त यादवले आयोगले सरकारलाई बजेट ल्याउन नरोक्ने पनि स्पष्ट पार्नुभयो । यद्यपि, उहाँले बजेट ल्याउँदा निर्वाचन आचारसंहिता अनुकुल मात्र आउनु पर्ने बताए ।
संक्रमणकाल भएको हँुदा सरकारले हालै गरेको मन्त्रिपरिषद बिस्तारलाई सामान्य रुपमा लिनुपर्ने र निर्वाचन आयोगले यो कार्यमा ध्यान दिन जरुरी नभएको पनि यादवको तर्क थियो ।
निर्वाचन आयोगले निर्वाचनलाई असर पार्ने गरि का घटनाप्रति आयोग पूर्ण सचेत रहेको बताउँदै यसप्रति सचेत रहन दलहरुको ध्यानाकर्षण गराएको छ ।