२७ बैशाख २०७४, बुधबार

काठमाण्डौ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जेठ ३१ को दोस्रो चरणको निर्वाचनको मिति तलमाथि गर्न नहुने बताएका छन ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले दोस्रो चरणको निर्वाचनको मिति बजेटअघि नै गर्ने कुरा चलिरहेको सन्दर्भमा यस्तो प्रतिक्रिया दिएका हुन ।

उनले सरकार परिवर्तनमा आयोगले हस्तक्षेप नगर्ने र बजेट ल्याउन नरोक्ने स्पष्ट पारे । ‘‘बजेट ल्याउन मिल्छ, तर आचारसंहिता अनुकूल हुनुपर्छ’’ उनको भनाइ छ ।

मुलुकलाई सङ्क्रमणकालबाट मुक्त गर्न निर्वाचन अपरिहार्य रहेको बताउँदै उहाँले चुनाव गराउनुपर्ने मूल कामबाट कोही पनि विमुख हुन नहुने धारणा राखे ।

LIVE TV