२७ बैशाख २०७४, बुधबार

एजेन्सी । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टी श्रेष्ठ बिगत केही समय यता अफेयरका कारण चर्चामा आएका छन् ।

यी दुईले अफेयरको कुरालाई आधिकारिक रुपमा सार्वजनिक नगरे पनि उनीहरुको भेटघाट र प्रस्तुतीकरणले प्रेममा रहेको बुझिन्छ । केही समय अघि मात्रै सृष्टीले आफूलाई सौगातसँग भेट्दा, सँगै बस्दा, समय बिताउँदा छुट्टै आनन्द आउने कुरा खुलाएकी थिईन् ।हालै मात्र यी दुईले सँगै डिनर गरेका छन् । सृष्टीकै घरमा आयोजित डिनरमा सौगात पुगेका हुन् ।

सौगातसँगै अन्य तीन जना साथीहरुसँगको एक तस्वीर सृष्टीले सामाजिक सञ्जालमा सेयर गरेकी छिन् जसमा उनले मन मिल्ने मान्छेहरुसँग डिनर भनेर लेखेकी छिन् । यसका साथै सृष्टीले यी सबैलाई परिवारकै सदस्य जस्ता भएको पनि उल्लेख गरेकी छिन् ।

LIVE TV