२७ बैशाख २०७४, बुधबार

एजेन्सी । ‘पर्व’ फिल्ममा समावेश ‘काले दाइ’ बोलको गीत करोड भ्युज नाघ्न सफल भएको छ। युट्यबमा अफलोड भएको ५ महिनामा यो गीतले करोड नाघेको हो। यो गीतमा मिना निरौला र निश्चल बस्नेतको स्वर र कोशिश क्षेत्रीको सङ्गीत रहेको छ।

गीतमा शब्द निर्देशक दिनेश राउतले नै लेखेका हुन्। भिडियोमा माला लिम्बु र निश्चल बस्नेतले नृत्य गरेका छन्। यसअघि गायिका मीनाको स्वरको लुट २ु मा समावेश ‘ठमेल बजार’ गीत पनि करोडको सूचीमा परिसकेको छ। नेपालमा करोड नाघ्ने गीतहरु प्रायस् फिल्मकै छन्।

वडा नं. ६ु को सुर्केथैली खैु पहिलो पटक करोड भ्युज पाउने गीत हो। त्यसयता छक्का पन्जा फिल्मको पूर्व पश्चिम रेलु, लुट २ु को ‘ठमेल बजार’ हुँदै काले दाइु सम्म आइपुग्दा सबै नृत्यप्रधान गीत नै बढी हिट भएका छन्।

फिल्मबाहिरको करोड नाघ्ने एक मात्र गीत सुन साइँलीु हो, जुन परिवार र मायालुलाई छोडेर परदेशिनु पर्ने बाध्यतामा आधारित विषय समेटिएको विरही गीत हो। ‘काले दाइ’ कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियो राजेश श्रेष्ठले खिचेका हुन्। पर्व जेठ १२ गते सार्वजनिक हुनेछ।

LIVE TV