
काठमाडौं । वैशाख २३ गते शनिबार कोटेश्वरस्थित होटेल होम एन्ड गेस्ट हाउसमा मृत अवस्थामा फेला परेकी काभ्रेपलान्चोक महाँकालचौरकी २८ बर्षकी लक्ष्मी तामाङका हत्यारालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका ५१ बर्षीय बद्री तिमल्सिनालाई महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार काठमाडौं बौद्ध नारायणटारबाट पक्राउ गरेको हो ।
गत शनिबार बद्री र लक्ष्मी गेस्ट हाउसमा बस्न आएका थिए । आजको अन्न्पूर्ण पोस्टमा खबर छ ।