
- दीपक भट्ट,
रामेछाप । स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत रामेछाप जिल्लामा ९९ प्रतिशत तयारी पूरा भएको छ । निर्वाचनका लागि केन्द्रबाट जिल्लामा आउनुपर्ने, मतपेटीका, मतपत्र लगायको सबै सामग्रीहरु आइसकेको र मतदान केन्द्रहरुमा पु¥याउन मात्र बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।
मतदान केन्द्रहरुमा सोमबारसम्म सबै कर्मचारीहरु निर्वाचन तयारीको लागि पुगिसक्ने निर्वाचन कार्यालयले जनाएको छ । वैशाख २८ गतेदेखि ३० गतेसम्म मतदाता परिचय पत्र सम्बन्धित मतदान केन्द्र वा स्थलबाट वितरण गरिनेछ । जिल्लाका २ नगरपालिका र ६ गाउँपालिकामा गरि १ सय ७० मतदान अधिकृति र उपमतदान अधिकृत सहित ८ सय ५० कर्मचारी निर्वाचनमा खटाइएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
त्यसैगरी, जिल्लाको सुरक्षा निकायले पनि निर्वाचन सुरक्षाको पूर्व तयारी सकिएको बताएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले निर्वाचनमा खटिएका सुरक्षार्की एक साताअघि नै सम्बन्धि ठाउँमा पुगिसेको जानकारी दिएको छ । त्यसैगरी, जिल्लामा निर्वाचलाई लक्षित गरि सुरक्षा ब्यवस्था मजबुत पारिएको रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।
जिल्लाको दुई नगरपालिका र ६ गाउँपालिकाहरुमा निर्वाचनको लागि सुरक्षाकर्मी परिचालन गरिसकिएको प्रहरीले जनाएको छ । मतदाताहरुलाई ढुक्क भइ मतदान केन्द्रमा गएर मतदान गर्न पनि आग्रह गरिएको छ ।