२६ बैशाख २०७४, मंगलवार

काठमाडौं । नेपालमा मृगौला रोगीका बिरामी हरेक बर्ष बढेका छन् । खानपान र जीवनशैली परिवर्तनले गर्दा थाहै नपाई मृगौला रोग लाग्ने भएकाले पनि यो रोगका विरामी बढिरहेको चिकित्सकहरुले बताएका छन् ।

पछिल्ला दिनहरुमा मृगौलाले काम गर्न छाडेर उपचारका लागि अस्पताल धाउनेहरुमा बैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुको संख्या निकै बढ्दो छ । खाडीका देशहरुमा पिउने पानीको अभाव र कडा परिश्रम गर्ने तर पर्याप्त पानी नपिएका र चिसो पेय पदार्थ धेरै पिउने गर्दा धेरै नेपालीहरुको मृगौला फेल हुने गरेको चिकित्सकहरु ले बताएका छन् ।
मृगौलाले रगतमा भएको फोहोर र बढी भएको पानीलाई पिसाबको माध्यमबाट फाली सफा गर्दछ । पिसाब धमिलो हुने ,धेरै पटक वा कम पिसाब लाग्ने, रिङ्गटा लाग्ने, लगातार वाकवाकी आउने वा झाडा लागिरहने हात खुट्टा सुन्निने छातीको पछाडिपट्टीको भाग सुन्निने,भोक नलाग्ने वा बढी भोक लाग्ने ,कुनै पनि रोग लाग्यो भने लामो समयसम्म निको नहुने,छाला चिलाउने जस्ता लक्षण देखिएमा मृगौलामा खराबी देखिएको हुन् सक्छ ।
मृगौला रोगको रोकथाम भनेको यो रोग लाग्नै नदिनु हो । यसको लागि मुगौलाको नियमित जाँच गराउनु पर्दछ । प्रशस्त सफा पानी पिउनुका साथै जथाभावी औषधि सेवन गर्नुहुँदैन , धुम्रपान तथा मद्यपानबाट टाडै रहने नियमित व्यायाम गर्ने गरेमा मृगौला रोगबाट बच्न सकिन्छ ।

LIVE TV