
- रामगोपाल तमखु,
भक्तपुर । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै भक्तपुरमा राजनीतिक दलका उम्मेदवारहरु आफ्नो विकासका एजेण्डा सहित जनताको घरदैलोमा पुग्ने कार्यलाई तीब्र बनाएका छन् । भक्तपुरमा आगामी बैशाख ३१ गते हने स्थानीय चुनावका क्रममा कडा प्रतिष्पर्धामा रहेका प्रमुख दहरुसहित अन्य साना दलहरुले पनि घरदैलो अभियानलाई तीब्र पारेका छन् ।
प्रमुख राजनीतिक दलहरुबीच मध्यपुर थिमी नगरपालिकामा नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीको तालमेलमा प्रचार प्रसार भैरहेको छ । चार वटा नगरपालिकामा प्रमुख प्रतिष्पर्धी दलका रुपमा देखिएका नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेपाल मजदुर किसान पार्टी लगायतले नगरको बभिन्न वडा, टोलमा बिहान देखि साँझसम्म घरदैलो कार्यक्रमहरु गर्दै आएका छन् । सबैजसो राजनीतिक दलको चुनावी एजेण्डा एउटै जस्तो देखिएको छ ।
३६ हजार ०५४ मतदाता रहेको मध्यपुर थिमी नगरपालिकामा नगरका समस्याहरु खानेपानी, सडक, निर्माण तथा भ्रष्टाचार मुक्त नगर बनाउने लगायत मध्यपुर थिमीका उम्मेदवारहरुले नगरलाई जीवित सांस्कृतिक सँग्रहालय बनाउने, लगायतका मुद्दा लिएर मतदाता समक्ष मत माग्न घरदैलो कार्यक्रमहरु गर्दै आईरहेका छन् ।
यस्तै ३७ हजार ९ सय ५७ जना मतदाता रहेको सुर्यबिनायक नगरपालिकाका उमेदवारहरुले नगरका समस्याहरु खानेपानी सडक तथा समग्र नगरको विकासका एजेण्डालाई दलका उम्मेदवारहरुले अघि सारेका छन् । भक्तपुरका ४ नगरपालिकाका उम्मेदवार मध्ये सूर्य विनायक नगरपालिकाकामा पनि तीब्र प्रतिष्पर्धा देखिएको छ ।
निर्बाचन हुन केही दिन मात्र बाँकी रहदा भक्तपुरका चारै नगरपालिकामा दलका नेताहरु टोलटोलमा र घरघरमा मतदातालाई आफ्नो पक्षमा पार्न व्यस्त छन् ।