
मोरङ । उद्योगी विनोद चौधरीले व्यवसायिक सधै सिर्जनशील हुनुपर्ने र आईपरेको समस्याका विच अवसर खोज्न सके सफल हुने बताएका छन् ।
मंगलवार मोरङको विराटचोकमा इन्द्रपुर जेसिजले आयोजना गरेको विजनेस सेमिनारमा उद्योगी चौधरीले व्यवसायिक क्षेत्रमा समस्या चुनौतीसंगै अवसर हुुने भएकाले नयाँ पीडितहरुले यसवाट भाग्न नहुने धारण राखे । उनले नेपालमा अहिले पनि लगानी गर्ने वातावरण प्रशस्त भएकाले यसलाई अवसरको रुपमा हेर्नु पर्ने बताए ।
चौधरीले नेपालको राजनैतिक अवस्था स्थिर नभएका कारण लगानिकर्ताहरु डराउने गरेको बताए । दुई दिन सम्म संचालन हुने सो सेमिनारमा झापा, मोरङ, सुनसरीका करिव चार सय युवा उद्यमी तथा व्यवसायीको सहभागिता रहेको छ ।